Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, बढ्दै लगानीकर्ताकाे मनाेबल

नेप्से

मंगलबार, ०८ चैत्र २०७८, १४ : ५७ मा प्रकाशित

नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, बढ्दै लगानीकर्ताकाे मनाेबल

आज (मंगलबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । लगातार सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थाकाे देखिएका थिए । हिजाे साेमबारदेखि फेरि सेयर बजार पुन: सम्हालिने प्रयास गरिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ । 

बजारमा अर्थमन्त्री फेरिने चर्चा चुलिएकाे छ । यस्तै, देशकाे बीग्रँदाे अर्थतन्त्र सुधार्न प्रधानमन्त्री आफै लागी परेका छन् । अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको हाे । विगत ८ महिनादेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहरुसँग छलफल गर्दै उच्चस्तरीय समिति गठन गरी अहिलेकाे चुलिँदो आर्थिक संकट समाधान गर्नुपर्ने धारणा राखेका हुन् । यी कुराहरूले पनि लगानीकर्ताहरूमा नयाँ आशा जागेको छ र मनोबल बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० मा पुगेकाे छ । नेप्से ०.४८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.०६ अंकले बढेर ४९८.३६ मा पुगेको छ ।

कूल २३५ वटा कम्पनीकाे ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार बाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ ।

मंगलबार प्रभु इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे संस्थापक समूहकाे १५ कराेड ३३ लाख ४० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ६ सय २८ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

यस दिन एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ३.६६ प्रतिशतले घटेर ४ सय ३९ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको