Like us!
Follow us!
Connect us!
Watch us!

११औँ सातामा पनि रोकिएन बुधबारको करेक्सन, नेप्सेलाई सन् २०२२ को बुधबार किन फापेन ?

नेप्से

बुधबार, ०९ चैत्र २०७८, १४ : ५९ मा प्रकाशित

११औँ सातामा पनि रोकिएन बुधबारको करेक्सन, नेप्सेलाई सन् २०२२ को बुधबार किन फापेन ?

आज (बुधबार) सेयर बजारले ओरालो यात्रा तय गरेकाे छ । सन् २०२२ यता नेप्सेमा हरेक बुधबार करेक्सन भएको छ । सन् २०२२ को सुुरुवातदेखि नै नेप्सेमा हरेक साताको बुधबार गिरावट देखिएको छ ।  

हरेक साताको बुधबार बजार घट्नु संयोग की नियत भन्ने विषय अहिले लगानीकर्ताहरुबीचमा बहसको विषय बनेको छ । करिब ३ महिनासम्म किन हरेक साता बुधबार नै बजार घटिरहेको छ यसलाई कसरी संयोग मात्र मान्ने एक लगानीकर्ताले प्रश्न गरे ।  सन् २०२२ यतका हरेक बुधबारमा नेप्सेमा आएको गिरावटलाई औसतमा हेर्दा समेत हरेक बुधबार ३० अंकको गिरावट आएको देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २०.३४ अंकले घटेर २६३०.३६ विन्दुमा झरेकाे छ । नेप्से ०.७७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.२२ अंकले घटेर ४९५.११ विन्दुमा झरेकाे छ । 

कूल २२६ वटा कम्पनीकाे ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी २ वटा उपसमूहकाे सेयर बढेकाे छ ।

बुधबार एनआईसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ८ कराेड ४१ लाख ९४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ४५ रूपैयाँ पुगेकाे छ । यस्तै, इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ६ सय ९१ रूपैयाँ ६० पैसाा पुगेकाे छ । 

यस दिन बुद्धभूमि नेपाल हाइड्राेपावरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.५८ प्रतिशतले घटेर ६ सय ४६ रूपैयाँमा झरेकाे छ ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको