Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको भेटवार्ता, नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, १६ : ५४ मा प्रकाशित

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको भेटवार्ता, नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भयो । सो अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको स्मरण गरे ।

ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वे गरेको सहयोगको सर्हाना गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको उल्लेख गरेका छन् । मन्त्री भुसालले आफूले मन्त्रालय संहालेपछि गुणस्तरीय ऊर्जा उपलब्ध गराउन निरन्तर लागि परेको तथा सबस्टेशन र प्रशारणलाइन निर्माणलाई विशेष जोड दिएको बताए ।

जलवायु परिवर्तनका कारण नेपालले नयाँ-नयाँ चुनौती झेल्नु परेको उल्लेख गर्दै मन्त्री भुसालले भने, “जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी वर्षा हुने त्यसले जनधनको क्षति बढाउँदै लगेको छ । त्यस्ता जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न चाहन्छौँ ।”

उनले मनाङ्, इलाम, सिन्धुपाल्चोकलगायत क्षेत्रमा बेमौसमी वर्षाले नराम्रोसँग क्षति गरेको र ती स्थानमा नर्वेसँग सहकार्य गरेर जोखिम न्यूनीकरणका लागि केही गर्न सके नमुना काम हुने बताए ।

त्यस अवसरमा राजदूत ड्रम्डालले नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउँदै नवीकरणीय ऊर्जा र जलविद्युतको विकासमा सहकार्य गर्ने बताए । उनले जलविद्युत्को क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै ९ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको जानकारी गराएका छन् । राजदूत ड्रम्डालले प्रशारण लाइन निर्माणमा भएको ढिलाइबारे चासो व्यक्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको