Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनका अध्यक्षद्वारा इम्सन पदाधिकारीलाई सम्मान

अर्थ संसार

विहीबार, १२ माघ २०७९, १६ : ५५ मा प्रकाशित

सेबोनका अध्यक्षद्वारा इम्सन पदाधिकारीलाई सम्मान

आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) पदाधिकारीहरूलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले सम्मान गरेका छन् । 

बिहीबार धितोपत्र बोर्डको कार्यालयमा अध्यक्ष हमालले इम्सनका नवनियुक्त पदाधिकारीहरूलाई सम्मान गरेका हुन् । इम्सनका अध्यक्ष रामराजा श्रेष्ठको नेतृत्वमा गएको टोलीले बोर्ड अध्यक्ष हमालसँग समसामयिक विषयमा छलफल समेत गरेका थिए । 

भेटवार्ताको क्रममा बोर्ड अध्यक्ष हमालले बोर्डको आगामी योजनाहरूको बारेमा समेत चर्चा गरेका थिए । कुराकानीको क्रममा बोर्ड अध्यक्ष हमालले आम लगानीकर्ताहरू ठगिए की ठगिएनन्, भएका पोलिसीले कस्तो प्रभाव परेको  छ, नेपाल स्टक एक्सचेञ्जको सिस्टमले कसरी काम गरिरहेको छ, समग्र बजार कसरी व्यवस्थापन गरिन्छ जस्ता कुराहरू प्राक्टिकल्ली हेर्न मिल्ने अवस्था सृजना गर्नुपर्नेमा जोड दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको