Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री पौडेल र यूएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता, एमसीसी प्राथमिकतामा

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १४ : ३१ मा प्रकाशित

अर्थमन्त्री पौडेल र यूएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता, एमसीसी प्राथमिकतामा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)की प्रमुख सामान्था पावरबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज (बुधबार) सिंहदरवारस्थित् अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा यूएसएआईडी प्रमुख पावरले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तार, नेपालको अर्थतन्त्र उकास्नुका साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा जोड दिएकी छिन् । यूएसएआईडी प्रमुख पावरले आजै मात्र परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग भेट गरेकी थिइन् ।

दुई दिने नेपाल भ्रमणमा रहेकी सामान्थाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग आज साँझ भेटवार्ता गर्नेछिन् ।त्यसलगत्तै उनी आजै स्वदेश फर्किने छिन् । स्वदेश फर्किनु अघि उनले पत्रकार सम्मेलन गर्ने जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको