Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री देउवाले गरे तनहुँ जलविद्युत आयोजनाको निरीक्षण

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १४ : १६ मा प्रकाशित

प्रधानमन्त्री देउवाले गरे तनहुँ जलविद्युत आयोजनाको निरीक्षण

प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । 

प्रधानमन्त्री देउवालाई आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवासँगै  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आयोजनाको निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार आठौँ तनहुँ महोत्सव र ऋषिङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दैछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको