Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक घट्दा बढ्याे कारोबार रकम : सबै सूचक ओरालो लाग्दा दुवै बीमा समूहमा वृद्धि

नेप्से

विहीबार, १० चैत्र २०७८, १५ : ०२ मा प्रकाशित

नेप्से परिसूचक घट्दा बढ्याे कारोबार रकम : सबै सूचक ओरालो लाग्दा दुवै बीमा समूहमा वृद्धि

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम भने बुधबारकाे तुलनामा बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.१७ अंकले घटेर ४८८.९४ विन्दुमा झरेकाे छ । 

कूल २२४ वटा कम्पनीकाे ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८ सय २५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी २ वटा उपसमूहकाे सेयर बढेकाे छ । लाइफ इन्स्याेरेन्स र नन लाइफ इन्स्याेरेन्स बढेकाे हाे ।

बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे ३० कराेड ६३ लाख ९७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र युनाइटेड इदी मर्दीकाे  सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

यस दिन नेपाल फाइनान्सकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य्र ४.६७ प्रतिशतले घटेर ६ सय ३३ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको