Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितिको पूँजी बृद्धि गर्ने निर्णय : जीवन बीमाको पूँजी ५ अर्ब ,निर्जीवनको २.५ अर्ब

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १९ : ४६ मा प्रकाशित

बीमा समितिको पूँजी बृद्धि गर्ने निर्णय : जीवन बीमाको पूँजी ५ अर्ब  ,निर्जीवनको २.५ अर्ब

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको छ।  समितिको संचालक समितिको आज बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २.५ अर्ब पु-याएको छ ।

निर्णय अनुसार चुक्ता पूँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी उपरोक्त समयावधिभित्र पु¥याउन नसक्ने कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्ने समितिको निर्देशन छ ।

यो भन्दा अगाडी जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको थियो ।

623c7aef30036.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको