Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया सेलेक्ट ३० फण्डकाे सेयर लगानी घट्याे, न्याभ के भयाे ?

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १३ : १० मा प्रकाशित

एनआईसी एशिया सेलेक्ट ३० फण्डकाे सेयर लगानी घट्याे, न्याभ के भयाे ?

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित 'एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड)' नामक सामुहिक लगानी कोषले २०७८ साल फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

फागुन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ १४ पैसामा सिमित भएकाे छ । उक्त मूल्य अघिल्लाे महिनाकाे तुलनामा १० पैसाले कम हाे । माघ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ २४ पैसा रहेकाे थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि घटेर २५ कराेड ८५ लाख ५५ रूपैयाँमा सिमित भएकाे छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा २६ करोड ४१ लाख ७५ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ८२ करोड ९० लाख ४१ हजार रुपैयाँ छ । फण्डले ३३ वटा सूचिकृत कम्पनीहरूकाे सेयरमा लगानी गरेकाे छ । 

फण्डले प्रकाशन गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

624012e205184.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको