Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनीको पूँजी वृद्धिको खबरले पनि थामिएन नेप्सेको गिरावट, कारोबार रकममा भने सुधार

नेप्से

आइतबार, १३ चैत्र २०७८, १५ : ०६ मा प्रकाशित

बीमा कम्पनीको पूँजी वृद्धिको खबरले पनि थामिएन नेप्सेको गिरावट, कारोबार रकममा भने सुधार

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम भने बिहीबारकाे तुलनामा बढेकाे छ ।

बीमा समितिको पूँजी वृद्धिको निर्णयले आज बजारमा सकारात्मक माहोल देखिएला भन्ने लगानीकर्ताहरूको अपेक्षा थियो । तर लगानीकर्ताहरूको अपेक्षा अनुसारको रौनकता भने बजारमा देखिएन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा झरेकाे छ । नेप्से १.५९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.५५ अंकले घटेर ४७९.३९ विन्दुमा झरेकाे छ । 

कूल २३२ वटा कम्पनीकाे ८९ लाख २३ हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहकाे सेयर घटेको छ । नन लाइफ इन्स्याेरेन्स उपसमूहकाे सेयर मात्र बढेकाे हाे ।

आइतबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २७ कराेड ५६ लाख ७४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडकाे  सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

यस दिन मल्टीपर्पस फाइनान्सकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य्र ५.५० प्रतिशतले घटेर ३ सय ७८ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको