Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्याेरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, ११ : ११ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्याेरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम माैका

कुमारी बैंक लिमिटेडकाे स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे फागुन ३० गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (चैत्र १४ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले इन्स्योरेन्सको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य प्रतिकित्ता २ सय ५० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ।

उक्त सेयर खरिद गर्न लागि विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले कुमारी क्यापिटल लिमिटेड, नागपाेखरी, नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको