Like us!
Follow us!
Connect us!
Watch us!

तटस्थ विदेश निती अपनाउन युक्रेन तयार

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, ११ : ५८ मा प्रकाशित

तटस्थ विदेश निती अपनाउन युक्रेन तयार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देश स्वतन्त्र विदेश नितीबारे छलफल गर्न तयार रहेको जनाएका छन ।

रुससँगको वार्तामा आफ्नो प्राथमिकता सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता रहने उनले बताएका छन् । जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनको सुरक्षाको प्रभावकारी प्रत्याभुति वार्ताको प्रमुख मुद्दा हुनेछ । ‘पक्कै पनि हाम्रो उद्देश्य शान्ति र हाम्रो देशमा फेरि पनि सामान्य जीवनमा फर्किनु हो सम्भव भएसम्म चाँडो’, उनले भनेका छन् ।

यसअघि एक रुसी सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले युद्ध अन्त्यका लागि युक्रेन तटस्थ राष्ट्रका रुपमा रहन तयार रहेको बताएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युक्रेन पश्चिमा सैन्य गठबन्धन नेटोमा सामेल हुन नहुने मागलाई युद्ध अन्तत्यका लागी पुर्व सर्त मान्दै आएका छन ।

आउँदो हप्ता युक्रेन र रुसबीच टर्कीमा वार्ता हुँदैछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको