Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेन युद्धले एसियाली अर्थतन्त्रमा अनिश्चितता

अर्थ संसार

विहीबार, २७ असोज २०७९, ०८ : ०२ मा प्रकाशित

युक्रेन युद्धले एसियाली अर्थतन्त्रमा अनिश्चितता

युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ ।

एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक शीर्ष अधिकारीले चेतावनी दिएका छन् । ‘यदि तपाईले युक्रेन युद्धलाई हेर्नुु भयो भने त्यहाँ एकभन्दा बढी च्यानल छन् जसमार्फत यसले एसियालाई प्रभावित गरेको छ । अवश्य पनि एउटा गिर्दो बाह्य माग हो । एसियाको रुससँग धेरै बलियो व्यापार सम्बन्ध छैन् ।

 तर, युरोपसँग एसियाली बजार सम्बन्ध धेरै उच्च छ । त्यो हदसम्म युरोप युक्रेन युद्धबाट प्रभावित छ । यसले एसियाली देशको बाह्य मागमा असर गर्छ’, आईएमएफको एसिया तथा प्रसान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले भने । युुद्धपछि खाद्यान्न तथा सामग्रीको मुुल्यमा वृद्धि भएको उनको भनाई छ ।

श्रीनिवासनका अनुसार व्यापार अनिश्चितता अर्को विषय हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको