Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनको शान्तिका लागि समन्वय गर्न सहमत

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, ०७ : ११ मा प्रकाशित

युक्रेनको शान्तिका लागि समन्वय गर्न सहमत

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा शान्ति स्थापनाका लागि योगदान गर्न  सहमति  भएको  फ्रान्सका  राष्ट्रपतिको  कार्यालयले बिहीबार जनाएको छ । 

मस्कोको महत्वपूर्ण  सहयोगी  रहेको  र  करिब  एक  वर्षअघि  युक्रेनमाथि  भएको  आक्रमणको  निन्दा नगरेको बेइजिङले रुसलाई वार्ताको टेबलमा फर्कन दबाब दिनेछ भन्ने विश्वास आफूलाई रहेको म्याक्रोँले बताएका छन् । 

बुधबार पेरिसमा म्याक्रोँ, वाङले युद्ध र यसले अति जोखिममा रहेका मुलुकमा पार्ने  विशेष  गरी  खाद्य  सुरक्षा  र  वित्तीय  क्षमताका  बारेमा  असरबारेमा  छलफल गरेका थिए । उनिहरूले अन्तर्राष्ट्रिय कानुनअनुसार  शान्तिका  लागि  योगदान  गर्ने एउटै उद्देश्य व्यक्त गरेको एलिसी प्यालेसले जनाएको छ । फ्रान्स भ्रमणपछि वाङले  शुक्रबारदेखि  आइतबारसम्म  हुने  म्युनिख  सुरक्षा  सम्मेलनमा  सहभागी  हँुदै आफ्नो भ्रमणलाई निरन्तरता दिनेछन् । उनले मस्कोको पनि भ्रमण गर्नेछन् ।

फ्रान्सेली राष्ट्रपतिले जलवायु सङ्कटलगायत विश्वव्यापी चुनौतीको सामना गर्न चीनसँग सहकार्य गर्ने बताएका छन् । वाङले बुधबार फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनासँग भेटवार्ता गरेका थिए भने  बिहीबार उनले म्याक्रोँका कूटनीतिक सल्लाहकार इमानुएल  बोनसँग  रणनीतिक  विषयमा  छलफल गरेकाछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको