Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनी सहरबाट सेना फिर्ता गर्दै रुस

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, ०७ : ०६ मा प्रकाशित

युक्रेनी सहरबाट सेना फिर्ता गर्दै रुस

रुसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ  । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुने आदेश दिएको सिएनएसनले जनाएको छ । 

रक्षामन्त्री सोई सोग र युक्रेनमा खटिएका रुसी सेनाका कमान्डर जनरल सोई सुरोभिकिनीच मस्कोमा भएको बैठकपछि सेना फिर्ताको आदेश भएको हो । आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाढी बढेको बेला रुस पछि हटेको छ। युक्रेनी अधिकारीहरूले भने रुसी घोषणाप्रति आशंका व्यक्त गरेका छन् । 

रुसी सैनिकले खेरसन छाड्ने कुनै सङ्केत नदेखाएको उनीहरूले बताएका छन् । युद्ध नलडी रुस खेरसनबाट फिर्ता हुन्छ भन्ने युक्रेनीलाई नलागेको युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिलाइलो पोडोल्पालाई उद्धृत गर्दै सीएनएनले बताएको छ। उत्तर एटलान्टिक सन्धि सावन (नाटो) का महासचिव स्टोल्टनबर्गले रुसी निर्णयको स्वागत गर्दै युक्रेनी शसस्त्र सेनाको साहस र पश्चिमा राष्ट्रको निरन्तर सहयोगको परिणामस्वरूप सैन्य फिर्ती सम्भव भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको उक्त निर्णयबाट मस्को समस्यामा रहेको स्पष्ट हुन्छ भन्दै मस्कोको उक्त निर्णयको आफूले पहिले नै अपेक्षा गरेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको