Like us!
Follow us!
Connect us!
Watch us!

फ्यान्टा एप्पल नेपाली बजारमा

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १७ : ५९ मा प्रकाशित

फ्यान्टा एप्पल नेपाली बजारमा

कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सुचीमा सबै भन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् ।

नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ । यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो जसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू र OOH (आउट अफ होम) आदि समावेश छन् ।

लन्चको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “फ्यान्टा त्यस्तो मानिसहरुको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ । यो नयाँँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताहरुले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साहित छौँ ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने,“हामी उपभोक्ताहरूको बद्लिँदो स्वाद र रोजाइ अनुसार वहाँँहरूलाई रिफ्रेश रहिरहनको लागि थप विकल्पहरू दिन सँधै प्रयासरत छौँ । हाम्रा खुद्रा विक्रेताहरू पनि फ्यान्टा एप्पललाई उपभोक्ताहरु माझ पुर्याउन निकै उत्साहित हुनुहुन्छ ।”

यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको