Like us!
Follow us!
Connect us!
Watch us!

नेताहरुको‘भ्यु टावर’ उद्घाटन मोहः धरहरा पछिको सबैभन्दा अग्लो ‘भ्यु टावर’ उद्घाटन गर्दै ओली

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १० : १८ मा प्रकाशित

नेताहरुको‘भ्यु टावर’ उद्घाटन मोहः धरहरा पछिको सबैभन्दा अग्लो ‘भ्यु टावर’ उद्घाटन गर्दै ओली

काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु-टावरको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गर्दैछन् ।

तिलोत्तमा नगरपालिका-२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज गर्ने भएका हुन् ।

लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।

कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको