Like us!
Follow us!
Connect us!
Watch us!

'एनएमबि सरल बचत फन्ड - ई' काे ३ वटा वाणिज्य बैंकमा लगानी, अन्य अवस्था कस्ताे छ ?

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १२ : ३१ मा प्रकाशित

'एनएमबि सरल बचत फन्ड - ई' काे ३ वटा वाणिज्य बैंकमा लगानी, अन्य अवस्था कस्ताे छ ?

एनएमबि क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित 'एनएमबि सरल बचत फन्ड–ई' ले २०७८ साल फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

फागुन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ १४ पैसामा झरेकाे छ । उक्त मूल्य माघ मसान्तकाे तुलनामा २४ पैसाले घटेकाे हाे । माघ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ३८ पैसा रहेकाे थियो ।

त्यसैगरी, फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि घटेर ३० करोड ९ लाख ४४ हजार रूपैयाँमा सिमित भएकाे छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ३१ करोड ३२ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

फण्डले कुल १५ वटा कम्पनीकाे सेयरमा लगानी गरेकाे छ । जसमध्ये, ३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ५ वटा लघुवित्त, ४ वटा इन्स्याेरेन्स कम्पनी र एउटा लगानी समूह रहेका छन् । 

फण्डले सार्वजनिक गरेकाे फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6242ad29cfeeb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको