Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर ओरालो यात्रामा सेयर बजार, किन भयाे भाेलुम ड्राई ?

नेप्से

मंगलबार, १५ चैत्र २०७८, १५ : ०५ मा प्रकाशित

निरन्तर ओरालो यात्रामा सेयर बजार, किन भयाे भाेलुम ड्राई ?

आज (मंगलबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि घटेकाे छ ।

बजारका अनुभवी लगानीकर्ता टिकाराम नेपाल भन्छन्, "प्राय: चैत्र महिनामा बजार घटेकै ईतिहास छ। हातमा पैसा लिएर बसेका लगानीकर्ताहरु चैत्र मसान्तताका बजार अझ घट्ने विश्लेषणका साथ किन्ने उचित समय कुरिरहेका देखिन्छन् भने बजार धेरै नै घटिसकेको र अब बटम लाग्ने चरणमा रहेको विश्लेषण गर्दै होल्ड गरेर बसेका लगानीकर्ताहरु सेयर बेच्न तयार नभएको परिदृश्य देखिएको छ। यहि कारणले कारोबार रकम निकै न्यून हुँदै गएको देखिन्छ ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.२६ अंकले घटेर २६२७.५८ विन्दुमा झरेकाे छ । नेप्से ०.५६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१५ अंकले घटेर ४७१.९३ विन्दुमा झरेकाे छ । 

कूल २२५ वटा कम्पनीकाे ३८ लाख ९० हजार एक सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख २८ हजार एक सय ९९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाेटल तथा पर्यटन समूहबाेहक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

मंगलबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड ९१ लाख ९९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

यस दिन एनआईबिएल समृद्धि फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । फण्डकाे मूल्य ४.७३ प्रतिशतले घटेर ८ रूपैयाँ ८६ पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको