Like us!
Follow us!
Connect us!
Watch us!

देशको अर्थतन्त्र संकटतर्फः केपी ओली

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १७ : ०० मा प्रकाशित

देशको अर्थतन्त्र संकटतर्फः केपी ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको उनको भनाइ छ ।

एमालेले लुम्बिनीमा गरेकाे पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आठ महिनाअघि परमादेशका भरमा गठबन्धन सरकार बनेपछि विकास निर्माण ठप्प भएको बताए ।

आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षको अवधिमा भूकम्प प्रभावितलाई घरबास उपलब्ध गराउनेदेखि लिएर तराईमा बाढीबाट विस्थापित आठ सय परिवारलाई घर निर्माण गरिदिएको उनले बताए ।

भैरहवाको गौतमबुद्ध विमानस्थल, लुम्बिनीको पाँच हजार मानिस अट्ने सभाहल, जनकपुर–जयनगर रेलसेवा आफू सरकारमा भएका बेला मात्र अगाडि बढेको र मूर्तरुप लिएको ओलीको भनाइ छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको