Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा ओपेन गल्फ टुर्नामेन्ट सम्पन्न

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १६ : ५८ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा ओपेन गल्फ टुर्नामेन्ट सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा भएको कार्यक्रम ओपेन गल्फ टुर्नामेन्ट (Open Golf Tournament 2022) सम्पन्न भएको छ । खेलकुंदको विकासको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत चैत्र ११ र १२ गते त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुई दिने ओपेन गल्फ टुर्नामेन्ट 2022 सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा एक सय जना खेलाडीहरु सहभागी भएका थिए । सहभागी विजेता खेलाडीहरुलाई बिभिन्न १६ वटा बिधाको लागि पुरस्कार तथा पदकहरु वितरण गरिएको छ । 

प्रतियोगितामा Winner Men's भलुक मा अवकासप्राप्त कर्णेल सशी बिक्रम सिंह, Runner-Up Men's भलुक मा अतिरिक्त प्रहरी महानिरिक्षक हरि बहादुर पाल, Gross Winner मा सुरज श्रेष्ठ, Ladies Winner मा तारा कार्की चित्रकार, Ladies Runner-Up मा  रेखा घिमिरे, Senior winner मा मेजर जनरल विजय मोक्तान, senior Runner- Up मा सन प्रसाद प्रधान, Hole ln One Hole No. 6 मा जयबिर आचार्य, Junior Winner-Boy मा अभिमन्यु कार्की, Junior Runner-Up Boys जयबिर आचार्य, Junior Winner-Girls मा इष्टेना टण्डन, Junior Runner-Up Girls मा  अन्वद्या मल्ल,Most Birdies मा अवकासप्राप्त बरिष्ट प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठ,Longest Drive @ tL मा सानु सान्यो शाही, Closest to the Pin @ 12 मा ताहिर शाह र Best Sportsmanship मा श्रीमान अनिल सिन्हा विजयी भएका थिए । 

समापनका अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष मनोहर दास मुलले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुंदको बिकासमा योगदान गर्ने र नयां पुस्तालाई यस खेलतर्फ आकर्षित गर्ने उद्देश्य सहित कम्पनीले सन् २०१८ र २०१९ मा पनि यसै गरी Golf Tournament को प्रायोजन गरेको, सन् २०२० र २०२१ मा कोरोना संक्रमणको कारण प्रतियोगिता सम्पन्न हुन नसके पनि यस वर्ष पुनः उक्त कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको