Like us!
Follow us!
Connect us!
Watch us!

विश्लेषक बस्याल भन्छन्, ‘बजार बुलमै छ, नगद हुनेले ढुक्क भएर लगानी गर्ने बेला हो’

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १६ : ०४ मा प्रकाशित

बजार अहिले नै बियरिसमा गइनसकेको बताउँछन् प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्याल । 

अर्थ संसारको कार्यक्रम मार्केट प्रेस्क्रिप्सनमा कुराकानी गर्दै उनले भने, "हामीले मार्केटलाई हेर्दा के विचार पुर्याउनु पर्छ भन्दाखेरी सन् २०१२ देखि सन् २०१६ मा ३ सयकाे इन्डेक्सबाट १८८० पुगेकाे इन्डेक्स थियाे त्याे बेला पनि हामीले सरसर्ती बजारलाई हेर्याैँ भने लगभग ३ सयबाट १ हजार ८० काे आसपास पुगेकाे इन्डेक्स २०१४ काे जुलाई महिनामा पुगेकाे थियाे त्यसपछि २०१५ काे मे महिनासम्मा लगभग १० महिनाकाे लगातार ओरालाे लागेर लगभग २२ प्रतिशत त्याे बेला खसेकाे थियाे । त्याे २०१२ देखि २०१६ काे बुल मार्केटमा सबैभन्दा लामाे Consolidation Phase १० महिनाकाे पिरियड लिएकाे थियाे । त्यही क्रममा अहिले पनि हामीले हेर्ने हाे भने ११ सयकाे इन्डेक्स ३२ सय पुगेर ३२ सयबाट २२६० आउँदा लगभग ३० प्रतिशतकै गिरावट थियाे । आजकाे स्थितीमा हेर्ने हाे भने लगभग २२ प्रतिशतकाे गिरावट आजकाे इन्डेक्सलाई हेर्न सकिन्छ । समय कति बित्याे भनेर हामीले हेर्ने हाे भने ७ महिनाकाे पिरियड बित्याे ।"

उनले थपे, "हाम्राे Expectation सायद याे Consolidation Phase अलि छिट्टै सकिन्छ की अलि चाँडै नै बजारले रिकाेभर गरी हाल्छ की भन्ने थियाे भने Ultimately यसले के गर्याे भने पुरानाे जुन Historical Trend हाे त्यसैलाई नै पछ्याउँदै लामाे समय लिएर Consolidation Phase मा गयाे । डिसेम्बर २०२१ मा बटम लागेकाे जुन २२६० काे बजार हाे । आज लगभग लगभग मार्च महिना सकिन लाग्दा पनि ३ महिना बितिसक्याे र हामीले २२६० काे लाे लागिसकेपछि हेर्छाैँ भने आज पनि बजार २५ सयकाे हाराहारीमा छ । बजारले नयाँ लाे त Established गरेकाे छैन त्यसकाे साथसाथै नयाँ हाई पनि बनाउन सकेकाे छैन । एकपटक Attempt गर्याे लगभग ३ हजारकाे आसपास लैजान ।"

बियर मार्केट तल आउँदाखेरी अलि छिटाे र पुरानाे लाेहरूलाई कम टाइममा ब्रेक गर्नेगरी बजार एकदम Aggresively खसेकाे हुने भन्दै उनले यसपाली त्यस्ताे नदेखिएकाे हुनाले बजार बुल ट्रेन्डमै रहेकाे र बुल मार्केटभित्रकै करेक्सन रहेकाे बताएका छन् ।  

अर्थतन्त्रका अरू सूचकहरू दिनानुदिन झन् भन्दा झन् खराब स्थितीमा गइरहेकाे बताउँदै उनी भन्छन्, "रेमिट्यान्स घटेकाे छ, Balance of Payment मा चाहीँ हाम्राे नकारात्मक असर परिरहेकाे छ, Foreign Reserve घटेकाे छ । यी सबै नेगेटिभिटीहरू हुँदा-हुँदै पनि बजारले चाहीँ पुरानाे २२६० काे Low लाई ब्रेक गर्न सकेकाे छैन । अर्थतन्त्रमा भएका Shocks हरूले गर्दाखेरी बजार चाहीँ Consolidation Phase तिर गयाे । पहिलाकाे जुन बुल थियाे त्याे हामीले हेर्ने हाे भने १४ महिनामा १८० प्रतिशत बढेकाे बुल थियाे । त्याे १४ महिनामा धेरै छाेटाे समयमा धेरै ठूलाे नै Rise भएकाे इतिहासमा सरसर्ती हेर्छाैँ भने त्यती छाेटाे समयमा त्यती ठूलाे Rise भएकाे याे पहिलाे पटक नै हाे । मैले प्राविधिक रूपले हेर्दा खेरी हाम्राे Expectations भन्द बढी समय त लियाे तर मार्केट चाहीँ Bull Market भित्रकाे Journey मा हामी करेक्सन फेजमा नै छाैँ । यसले लामाे समय करेक्सन लियाे । लामाे करेक्सनकाे कारण  के हाे भने जसरी बजार छाेटाे समयमा बढी प्रतिशतले Rise गरेकाे थियाे अब बजारले फेरि त्यही इन्टेन्सिटकाे Rise ल्याउनकाे लागि फेरि बजारले चाहीँ लामाे Consolidation बिताउनै पर्छ । त्यसैले म बढी सरप्राइज चाहीँ छैन चिन्ताकाे विषय चाहीँ याे बियर मार्केट अलि लम्बियाे साताैँ महिनासम्म आईपुग्दा पनि हामीले प्राेफिटकाे मुख देख्न पाएनाैँ । बीचबीचमा स्वीङ ट्रेड गर्नेहरूले प्राेफिट बनाए हाेलान् तर लामाे समयसम्म हाेल्ड गर्ने लगानीकर्ताहरूलाई सात महिनासम्म प्राेफिटकाे मुख देख्न नपाउँदा चिन्ताकाे विषय चाहीँ बनेकाे छ । तर  बजार बियर फेजमा गइसकेकाे छैन याे बुल मार्केटभित्रकै करेक्सन हाे । जब याे करेक्सन सकिन्छ Fantastic राइज चाहीँ दिन्छ भन्ने विश्वास छ । "

बजारमा डाउन साइड रिस्क थाेरै रहेकाे र अप साइड रिस्ककाे पाेटेन्सियल धेरै रहेकाे भन्दै उनले माथितिरकाे सम्भावना धेरै रहेकाे र तलतिरकाे रिस्क थाेरै रहेकाे बेलामा लगानी गर्ने सबैभन्दा उपयुक्त वातावरण रहेकाे बताएका छन् । अहिले नगद भएका व्यक्तिहरूलाई ढुक्क भएर लगानी गर्न उनले आग्रह गरेका छन् ।

तरलताकाे अभावले बजारलाई मुख्य प्रभाव पारेकाे सन्दर्भमा बाेल्दै उनले सेयर बजारका नियामक निकायहरूनै पैसा हराउन सघाउने मुख्य दाेषी रहेकाे बताएका छन् । बजार एउटा विन्दुमा पुगेपछि खस्नु सामान्य रहेकाे बताउँदै रेगुलेटरहरूले याे बजार बढी भयाे यसलाई खसाल्नु पर्छ भनेर साेच्न नहुने उनी बताउँछन् । नियमनकारी निकायले लगानीलाई निरूत्साहित गर्ने पाेलिसीहरू ल्याउन नहुने बताउँदै बरू लगानी प्रात्साहन गर्ने पाेलिसीहरू ल्याउन उनले सुझाव दिएका छन् । बजार जसरी चल्छ त्यसरी नै चल्न दिनुपर्ने उनकाे तर्क छ । 

बस्यालसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको