Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली : १२औँ सातामा ताेडियाे बुधबारको करेक्सन रेकर्ड

नेप्से

बुधबार, १६ चैत्र २०७८, १५ : ०० मा प्रकाशित

सेयर बजारमा हरियाली : १२औँ सातामा ताेडियाे बुधबारको करेक्सन रेकर्ड

आज (बुधबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । सन् २०२२ यता नेप्सेमा हरेक बुधबार करेक्सन भएको  थियाे ।  १२औँ सातामा नेप्सेकाे बुधबारकाे करेक्सन रेकर्ड ताेडिएकाे हाे । आज नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । काराेबार भएका १३ वटै उपसमूह उकालाे लाग्दा लगानीकर्ता उत्साहित छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेकाे छ । नेप्से १.६१ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा पुगेकाे छ । 

कूल २३२ वटा कम्पनीकाे ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड एक लाख १७ हजार २ सय ९६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै अन्य समूह बढेकाे छ ।

बुधबार सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ कराेड २७ लाख २३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस्तै, सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.८४ प्रतिशतले बढेकाे छ । 

यस दिन ९.५% एनसीसी डिबेञ्चर २०८६ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य २ प्रतिशतले घटेर ९ सय २१ रूपैयाँ २० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको