Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोको आईपीओमा पहिलाे दिन नै पर्याे मागभन्दा धेरै आवेदन, कतिले भरे ?

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १७ : ३० मा प्रकाशित

बलेफी हाइड्रोको आईपीओमा पहिलाे दिन नै पर्याे मागभन्दा धेरै आवेदन, कतिले भरे ?

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (चैत्र १६ गते, बुधबार) बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीकाे आईपीओमा पहिलाे दिन नै मागभन्दा धेरै आवेदन परेकाे छ । 

सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्म ४ लाख ३३ हजार ४ सय ७१ जना आवेदकहरुले ५२ लाख २२ हजार ४ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि छुट्याइएकाे भन्दा धेरै हाे ।

 कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा चैत्र २१ गतेदेखि ढीलाेमा चैत्र ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लाेबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको