Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

नेप्से

मंगलबार, १० जेठ २०७९, १४ : ५७ मा प्रकाशित

बलेफी हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे एक कराेड ८२ लाख ७९ हजार ७ सय कित्ता आईपीओ सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रति सेयर न्युनतम ९३ रूपैयाँ ६४ पैसादेखि अधिकतम २ सय ८० रुपैयाँ ९२ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि BHL सिम्बाेल प्राप्त गरेकाे छ ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट, चैत्र २१ गते, सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख  ६६ हजार ३ सय ४२ जना जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए । ३ कित्ता अल्टर रहेको हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको