Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धकको जवाफ

अर्थ संसार

बुधबार, २३ चैत्र २०७८, १३ : ४३ मा प्रकाशित

बलेफी हाइड्रोको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धकको जवाफ

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट, चैत्र २१ गते, साेमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबै लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलसँग कुरा गरेका छाैँ ।

क्यापिटलका अनुसार हाल उक्त आईपीओको डाटा भेरिफिकेसनको काम चलिरहेको छ । 'डाटा भेरिफिकेसनको काम सक्याएर चैत्र २५ गते, शुक्रबार प्री-अलोटमेन्ट गर्ने तयारीमा छौँ तर केहि कारणले शुक्रबार हुन नसके आईतबारसम्ममा प्रि-अलटमेन्ट सकेर अर्को सातामा जसरी पनि आईपीओ बाँडफाँड गर्छौ' क्यापिटल स्रोतले भन्यो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरकाे २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १५.७६ गुणा बढी आवेदन हो । 

माागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी एक लाख ६६ हजार ३ सय ४५ जनाले मात्रै सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको