Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनको घटना ठूलो पाठ हो, शक्ति राष्ट्रसँग सम्बन्ध सन्तुलित नबनाए दुर्घटनामा पर्न सक्छौं

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १० : १२ मा प्रकाशित

युक्रेनको घटना ठूलो पाठ हो, शक्ति राष्ट्रसँग सम्बन्ध सन्तुलित नबनाए दुर्घटनामा पर्न सक्छौं

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहिबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने बताएका हुन् ।

नेपालकाे छरछिमेकीकाे भूराजनीति बलियाे बनेकाे उनले बताए । भारत-चीन र अमेरिकाका सम्बन्धनले हाम्राे आन्तिरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेकाे बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरुबीच सहमति हुनैपर्ने बताए ।

युक्रेनकाे घटना हाम्रा लागि ठूलाे पाठ हाे । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको