Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको नबिकेकाे हकप्रद भर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १० : ४२ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको नबिकेकाे हकप्रद भर्ने आज अन्तिम माैका

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे अवितरित हकप्रद सेयरमा आवेदन दिने आज (चैत्र १७ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । बैंकले निष्कासन गरेकाे हकप्रद सेयरमा आवेदन नपरेकाे १ लाख ४५ हजार ६ सय ४९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले  आजसम्म  बोलपत्र पेश गर्न सक्नेछन् । 

त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले ग्लोबल आईएमइ क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं, ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु बुटवल–मिलनचोक, नेपालगंज–त्रिभुवनचोक, हनुमानदास रोड–विराटनगर, पोखरा–न्यूरोड, घोराही–दाङ , सुर्खेत, बाग्लुङ, हेटौँडा, विर्तामोड, जनकपुर, आदर्शनगर–विरगन्ज, नारायणगढ र महेन्द्रनगरबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको