Like us!
Follow us!
Connect us!
Watch us!

धनगढीको राजपुरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १७ : २८ मा प्रकाशित

धनगढीको राजपुरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३  राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालय चैत्र १७ गते बिहिबार धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले एक कार्यक्रमकाबीच समुद्घाटन गरे । 

उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाज्यूको पनि उपस्थिती रहेको थियो । नयाँ शाखा सगैँ कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ । देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ । 

माछापुच्छ्रे बैंकले कूल १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको