Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम-स्मार्ट

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १७ : १८ मा प्रकाशित

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित   एमबीएल एम-स्मार्ट

बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले  अत्याधुनिक प्रविधिमा आधारित MBL M-Smart को सुरुवात गरेको छ । यस अघि Machhapuchchhre Mobile Money (M3) को रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले OMNI च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि MBL M-Smart बचत को रुपमा शुभारम्भ गरेको हो ।

विभिन्न नयाँ सुविधा सहित शुभारम्भ गरिएको MBL M–Smart app मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले Self-Registration गर्न सकिने मोवाईल बाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर scan गरी QR भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाले भरिपूर्ण छ । बैंकले MBL M–Smart बचत लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको हो । 

डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउदै बैंकिङ्ग सेवालाई अर्को तहमा पुर्याउने उदेश्य सहित बैंकले mobile banking App, MBL M-Smart बचत संचालनमा ल्याएको हो । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको