Like us!
Follow us!
Connect us!
Watch us!

चैत्र २७ गतेदेखि आईपीओ निष्काशन गर्दै रिभर फल्स पावर, कसले दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, ०७ : १९ मा प्रकाशित

चैत्र २७ गतेदेखि आईपीओ निष्काशन गर्दै रिभर फल्स पावर, कसले दिने आवेदन ?

रिभर फल्स पावर लिमिटेडले चैत्र २७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरिने छ । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको शेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिने छ । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा २०७९ बैशाख ११ गते र ढिलोमा बैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । 

लगानीकर्ताहरुले यस आईपीओमा प्राइम कमर्सियल बैंक लिमिटेड खादवारी तुम्लिङटा र सभापोखरी शाखा, प्रभ बैंक लिमिटेड, खांदबारी शाखा, ग्लोबल आईएमई बैंक लिमिटेड, खांदबारीर चैनपुर शाखा, रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संवासभा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त स्वीकृति प्राप्त गरेको सम्पूर्ण सी-आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रकाशन गरेको विवरणपत्रः

6246595501987.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको