Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार : जानकार भन्छन्, "नेप्से बटम नजिक"

नेप्से

आइतबार, २० चैत्र २०७८, १५ : ०४ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार : जानकार भन्छन्, "नेप्से बटम नजिक"

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । आइतबार बजार दाेहाेराे अंकले घटेकाे छ ।

सेयर विश्लेषक एवमं सिए नवराज बुर्लाकोटीले नेप्से बटम नजिक रहेकाे भन्दै यो बेला आत्तिएर सेयर बेच्ने बेला नभई छानी छानी राम्रा कम्पनीहरुको सेयर किन्ने अवसर भएको बताएका छन्  । अर्थ संसारकाे साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले भने, "अहिले बजार धेरै नै घटिसकेको पनि छ मेरो विचारमा त नेप्से बटमको नजिकै छ यस्तो बेला अति आवश्यक बाहेक सेयर बेच्नु राम्रो होईन बरु यस्तो बेलामा त छानी छानी राम्रा कम्पनी थप्ने बेला हो अहिले सेयर किन्ने ट्रेडरको त म भन्न सक्दिन तर अहिले किन्ने इन्भेष्टरले ६ महिनामा कम्तिमा पनि २० प्रतिशत पक्का कमाउँछन् ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा झरेकाे छ । नेप्से १.२१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.४४ अंकले घटेर ४६९.०३ विन्दुमा झरेकाे छ । 

कूल २२५ वटा कम्पनीकाे ३२ लाख ५३ हजार ८ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४६ करोड ७ लाख ७३ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड समूहबाेहक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

आइतबार सर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ७२ लाख ५१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि  इमर्जिङ नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

यस दिन युनाइटेड इदी मर्दीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.०२ प्रतिशतले घटेर एक हजार ७६ रूपैयाँ १० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको