Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन भेन्चर्स कम्पनी : ५२.४ मेगावाटको आयोजना, निफ्रा र नेपाल लाईफका अध्यक्षको पनि लगानी

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, १७ : २० मा प्रकाशित

ग्रीन भेन्चर्स कम्पनी : ५२.४ मेगावाटको आयोजना, निफ्रा र नेपाल लाईफका अध्यक्षको पनि लगानी

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड चैत्र २० गते, आईतबार सम्पन्न भइसकेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले समान १० कित्ता सेयर प्राप्त गरेका छन् । कम्पनीले आफ्नो सेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटललाई नै नियुक्त गरिसकेको छ । 

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि निष्कासन गरिसकेको छ ।

कम्पनीले आफ्नो चुक्ता पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने बैसठ्ठी करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका जनाताहरुका लागि र सर्वसाधारणका लागि बिक्रि गरिसकेको छ । यसरी हेर्दा कम्पनीमा अबको स्वामित्व ८० प्रतिशत संस्थापक सेयरधनीहरुको रहनेछ भने २० प्रतिशत सर्वसाधारणको । 

यो कम्पनीमा नेपालको ठुला व्यवसायीक घराना सांघाई र बिशाल ग्रुपको लगानी रहेको छ । अहिले कम्पनीको सञ्चालकमा सुभाष चन्द्र संघई, वीरेन्द्र कुमार संघई, गोविन्दलाल संघई, अनुज अग्रवाल र त्रिलोक चन्द अग्रवाल रहेका छन् । सञ्चालक गोविन्दलाल संघई नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष समेत हुन् भने अर्का सञ्चालक अनुज अग्रवाल नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का समेत अध्यक्ष हुन् । 

कम्पनीले ओखलढुंगा जिल्लाको लिखु—४ जलविद्युत आयोजनाबाट ५२.४ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा संचालन गर्न विद्युत उत्पादनको अनुमति नेपाल सरकार उर्जा मन्त्रालयबाट २०६८ फागुन २८ गते का दिन प्राप्त गरेको हो ।

चालु आर्थिक बर्षको पुस मसान्त सम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ८७ पैसा रहेको छ भने कम्पनी समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १ पैसा रहेको छ । पुस मसान्तसम्ममा कम्पनीको सञ्चित नाफा ५ करोड २ लाख ६४ हजार रुपैयाँ रहेको कम्पनीले प्रकाशन गरेको विवरणपत्रमा उल्लेख गरिएको छ । आयोजनाले २०७८ कार्तिक २१ गतेदेखि विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरी रहेको छ ।

लिखु—४ जलविद्युत आयोजनाको कुल अनुमानित लागत रु.१२ अर्ब ८ करोड २८ लाख ४९ हजार १३२ रुपैयाँ रहेको छ यसरी हेर्दा यो आयोजनाको लागत प्रतिमेगावाट २३.०५ करोड रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अनुमानित अवधी ७.९१ वर्ष रहेको छ । 

कम्पनीले हालै बिक्रि गरेको कुल ६२ लाख ५० हजार कित्ता मध्य दोस्रो बजारमा ३० लाख ३१ हजार २५० कित्ताको मात्र कारोबार हुनेछ भने आयोजना प्रभावित स्थानिय र कर्मचारीहरुलाई बिक्री गरिएको साधारण सेयर भने लकिङ अवधि खुलेपछि मात्र कारोबार गर्न मिल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको