Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन भेन्चर्स हाइड्रोपावरको नाफामा उछाल, विद्युत बिक्री आम्दानी ९४ करोड

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, ०८ : ०० मा प्रकाशित

ग्रीन भेन्चर्स हाइड्रोपावरको नाफामा उछाल, विद्युत बिक्री आम्दानी ९४ करोड

ग्रीन भेन्चरर्स हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ९ करोड १९ लाख ७७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनी ९७ लाख ९९ हजार रूपैयाँ घाटामा थियो।

समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्री गरी ९४ करोड ४३ लाख ४३ हजार रूपैयाँ आम्दानी गरेको छ । गत वर्षको उक्त अवधिमा कम्पनीले विद्युत उत्पादन सुरु समेत गरेको थिएन । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ भने कम्पनीको रिटेन अर्निङ ११ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ४३ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ:

ग्रीन भेन्चर्स कम्पनीः ५२.४ मेगावाटको आयोजना, निफ्रा र नेपाल लाईफका अध्यक्षको पनि लगानी

633651de37535.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको