Like us!
Follow us!
Connect us!
Watch us!

संकटग्रस्त श्रीलङ्कामा केन्द्रीय बैंकका गभर्नरको पनि राजीनामा

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, १३ : ५१ मा प्रकाशित

संकटग्रस्त श्रीलङ्कामा केन्द्रीय बैंकका गभर्नरको पनि राजीनामा

श्रीलङ्कामा केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड कब्रालले मुलुकको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिएका छन् । उनले राष्ट्रपति गोटाबया राजापाक्षे समक्ष राजीनामा दिएको उल्लेख गरेका छन् । श्रीलङ्कामा यसअघि सबै मन्त्रीहरूले सामुहीक राजीनामा दिएका थिए ।

आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलङ्कामा देशव्यापी सुरक्षाका लागि भन्दै सङ्कटकालको घोषणा गरेको छ । चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकोले सङ्कटकालको घोषणा गर्नु परेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरु आन्दोलित भएका हुन् । सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक वस्तुको समेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण मर्कामा परेका छन् ।

देशमा आर्थिक सङ्कट गहिरिदै गएपछि जिम्मेवार पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन् ।उच्च पदस्थहरूले नै राजीनामा दिन थालेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे र प्रधानमन्त्री महेन्दा राजापाक्षे थप सङ्कटमा परेका छन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको