Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको ओरालो यात्रा, किन निरन्तर घट्दैछ बजार ?

नेप्से

सोमबार, २१ चैत्र २०७८, १४ : ५१ मा प्रकाशित

रोकिएन नेप्सेको ओरालो यात्रा, किन निरन्तर घट्दैछ बजार ?

सेयर बजारले लगातार ओरालो यात्रा तय गरिरहेकाे छ ।  आज (साेमबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । साेमबार बजार दाेहाेराे अंकले घटेकाे छ । लगातारकाे करेक्सनले लगानीकर्ताकाे मनाेबल पनि घटेकाे छ । 

बजार बढ्नका लागि अहिले सकारात्मक पक्षहरूकाे एकदमै जरूरी रहेकाे बताउँछन् लगानीकर्ता भरत घिमिरे । बजार किन निरन्तर घटिरहेकाे छ भन्ने हाम्राे प्रश्नमा उनले भने, "बजार यसरी दिनहुँ घटिरहँदा पनि कुनै नियमनकारी निकायहरूले लगानीकर्ताको मनोबल बढाउन चुँइक्क बोलेका छैनन् । घट्दो कारोबार रकम र नेप्सेको करेक्सनले बजारको गिरावटदेखि लगानीकर्ताहरू प्यानिक भइसकेका पुष्टि गर्दछ । तरलताको अभाव पनि उस्तै छ । मेरो विचारमा बजारमा रौनकता फर्किनका लागि सेयर बजारमैत्री कुनै ठूलै गुड न्यूज आउनु जरूरी छ ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७.४७ विन्दुमा झरेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.४७ अंकले घटेर ४६६.५५ विन्दुमा झरेकाे छ । 

कूल २२६ वटा कम्पनीकाे ३४ लाख २९ हजार ९ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५ सय ६२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

साेमबार इमर्जिङ नेपाल कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ कराेड ३९ लाख १५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

यस दिन सिटिजन्स म्युचुअल फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ५.६६ प्रतिशतले घटेर १० रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको