Like us!
Follow us!
Connect us!
Watch us!

सत्तारुढ गठबन्धनको बैठक: पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, ११ : ५४ मा प्रकाशित

सत्तारुढ गठबन्धनको बैठक: पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

सत्तारुढ गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय हो । 

बैठकले वैशाखमा हुने स्थानीय चुनावका लागि तयारी तथा तालमेलको अनुगमन गर्ने समिति गठन गरेको नेताहरुले जनाएका छन । पौडेलको नेतृत्वमा गठित समितीमा पाँच दलबाट प्रतिनिधिहरु रहने छन ।

समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन्। माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरूङ सदस्य छन् भने एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल सदस्य छन्। जसपाबाट अशोक राई र रेणु यादव सदस्य छन्। राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन्।

बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको