Like us!
Follow us!
Connect us!
Watch us!

कस्ताे छ आजकाे माैसम ?

अर्थ संसार

बुधबार, २३ चैत्र २०७८, ०७ : ३९ मा प्रकाशित

कस्ताे छ आजकाे माैसम ?

नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई  स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ ।

बिहीबार प्रदेश १ को पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको