Like us!
Follow us!
Connect us!
Watch us!

सांघाइमा कोभिडका बिरामीहरू ह्वात्तै बढेपछि निषेधाज्ञा थप विस्तार

अर्थ संसार

बुधबार, २३ चैत्र २०७८, ०८ : ४८ मा प्रकाशित

सांघाइमा कोभिडका बिरामीहरू ह्वात्तै बढेपछि निषेधाज्ञा थप विस्तार

चीनको सांघाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरिएको छ । निषेधाज्ञाबाट शहरका साढे २ करोड जनसंख्या प्रभावित भएका छन् । सांघाइमा कोभिडका बिरामीहरू ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो । 

महत्वपूर्ण वित्तीय हव सांघाइमा पछिल्लो एक महिनादेखि संक्रमण बढिरहेको छ । यहाँ दैनिक १३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

कोभिड संक्रमण बढेपछि केही दिनअघि पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो । तर, अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको