Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, हिमालयन डिष्टिलरी काराेबारमा अब्बल

नेप्से

बुधबार, २३ चैत्र २०७८, १५ : ०४ मा प्रकाशित

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, हिमालयन डिष्टिलरी काराेबारमा अब्बल

आज (बुधबार) पनि सेयर बजारमा करेक्सन देखिएकाे छ । बुधबार नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.३२ अंकले घटेर २४२८.७५ विन्दुमा झरेकाे छ । नेप्से ०.९५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.२८ अंकले घटेर ४५५.९४ विन्दुमा पुगेकाे छ ।

कूल २२६ वटा कम्पनीकाे ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९९ करोड २९ लाख ७१ हजार ७ सय ६४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । 

बिहीबार पनि हिमालयन डिष्टिलरी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ४१ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे  सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ५ सय ४५ रूपैयाँ ५० पैसा पुगेकाे छ ।

त्यसैगरी, यस दिन इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार एक सय ९० रूपैयाँ ७० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको