Like us!
Follow us!
Connect us!
Watch us!

एलन मस्क सबैभन्दा धनीः चौधरीको सम्पत्ति १० करोड डलर बढ्यो

पत्रपत्रिका

विहीबार, २४ चैत्र २०७८, ०८ : २७ मा प्रकाशित

एलन मस्क सबैभन्दा धनीः चौधरीको सम्पत्ति १० करोड डलर बढ्यो

नेपालका एक मात्र डलर अरबपति विनोद चौधरीको सम्पत्ति यो वर्ष दश करोड अमेरिकी डलरले बढेको छ। 

विश्वभरका धनीहरूको नाम प्रकाशन गर्ने फोब्सले गए राति प्रकाशित गरेको सूचीअनुसार चौधरीको सम्पत्ति गत वर्ष १.४ अरब डलर रहेकोमा यो वर्ष १.५ अरब डलर पुगेको छ। चौधरी फोब्सको सूचीमा १९२९ नम्बरमा छन्। चौधरी २०१३ देखि अर्बपतिको सूचीमा निरन्तर रहँदै आएका छन्।

सूची अनुसार छिमेकी मुलुक भारत विश्वका धेरै अरबपति रहेको मुलुकमध्ये तेस्रोमा परेको छ। भारतमा १ सय ६६ जना अरबपति रहेका छन् भने अर्को छिमेकी चीनमा ५ सय ३९ जना अरबपति छन्। सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अरबपतिहरूको संख्या ७ सय ३५ रहेको छ।

२९०.३ अरब डलर सम्पत्ति रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन्। यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ति १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनीमा परेका छन्। भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सूचीमा छन्। अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन्। दक्षिण एसियामा अरबपति रहेका मुलुक भारत र नेपाल मात्र रहेका छन्। पछिल्ला वर्षहरूमा अरबपति चौधरी नेपाली राजनीतिमा पनि जोडिएका छन्। चौधरी अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य छन्।

नागरीक दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको