Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगपति तथा काङ्ग्रेस सांसद विनोद चौधरी श्रीलंका उडे

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, १७ : २३ मा प्रकाशित

उद्योगपति तथा काङ्ग्रेस सांसद विनोद चौधरी श्रीलंका उडे

उद्योगपति तथा काङ्ग्रेस सांसद विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन् ।

चौधरी आज अपरान्ह १ः५७ बजे श्रीलंकन एयरलाइन्सको विमानमार्फत त्यसतर्फ उडेका हुन् । चौधरीले आज बिहान मात्रै बाँसबारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा दुई घन्टा बयान दिएका थिए । 

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले कब्जा गरेको आरोप लागेपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनीमथि अनुसन्धान थालेको थियो । उनी के कारणले श्रीलंका उडे भन्ने बारे भने खुलेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको