Like us!
Follow us!
Connect us!
Watch us!

"मर्जरका लागि संवादमा मेगा बैंक, ब्राण्ड प्रतिष्ठा गुमाएर मर्जर नगर्ने"

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, १४ : ०१ मा प्रकाशित

मेघा बैंक नेपाल लिमेटेडका अध्यक्ष एंव बैंक तथा वितिय संस्था परिसंघ नेपालका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले अहिले नेपालको अर्थतन्त्रमा समस्या मात्रै रहेको, आर्थिक संकट नै नआईसकेको बताएका छन् । तर उनले सरकार यो विषयमा समय छदै संवेदनशिल नभए स्थीति निकै भयावह हुन सक्ने चेतावनी पनि दिए ।

मुलुकको आयातमुखी अर्थतन्त्र अहिलेको समस्याको मुल कारण भएको उनको ठम्याई छ । देशमा प्रयाप्त मात्रामा उत्पादन हुन नस्कदा दैनिक उपभोग्य वस्तुको लागी समेत आयातमा निर्भर हुनुपरेको उल्लेख गर्दै उनले सरकारले उत्पादन सम्बन्धी निती नियमलाई खुकुलो पारेर उत्पादनको वातावरण बनाउनुपर्ने बताए । यसो हुन सकेमा मात्रै निर्यातको अवस्था सिर्जना हुने उनको विश्वास छ । 

सरकारले पूँजीगत खर्चमा वृद्धी गर्नुपर्नेमा जोड दिँदै मेघा बैंकका अध्यक्ष शाहले विकास खर्चमा देखिएको सुस्ताको असर सबै क्षेत्रमा परिरहेको उल्लेख गरे । साथै उनले सरकारी संस्थानहरुले अस्वस्थ प्रतिस्पर्धा गरीरहेकोमा समेत चिन्ता व्यक्त गरे । सरकारले पनि संस्थाहरुले गरीरहेको व्याजबाट आम्दानी गरेर व्यापार गर्ने परिपाटी रोक्नुपर्ने उनको भनाई छ ।

कोरोना संकटबाट देशलाई तङग्राउन बैंक तथा वितीय संस्थाले उल्लेख्य भुमिका निर्भाह गरेको अध्यक्ष शाहको दावी छ । यहीकारणले बैंकहरुले जनउत्तरदायीत्वलाई बिर्सेर मुनाफा मात्रै हेरे भन्नु गलत रहेको उनको प्रष्टोक्ती छ । आर्थीक तरलता अभावको वर्तमान समयमा ब्याज दिन अपठ्यारो भईरहेको भएपनि कसैलाई भेदभाव नगरेको उनी बताउँछन् । बैंकका सबै प्रक्रीयाहरु राष्ट्रबैंकको निर्देशिको बमोजीम सञ्चालन हुने हुदा ब्यवसायी र बैंकर एउटै हुँदा समस्या आयो भन्नु गललत रहेको उनको जीकीर छ ।

मेघा बैंकका अध्यक्ष भोज बहादुर शाहले वाणिज्य बैंकहरुको मर्जर वर्तमान समयको आवश्यक्ता रहेको बताए । मेघा बैंक पनि अन्य बैंकहरुसंग मर्जरको लागी संवादमा रहेको जनाउदै उनले बा्रण्ड प्रतिष्ठा गुमाएर मर्जर नगर्ने प्रस्ट पारेका छन् । 

सरकारले तरलता समस्याको समाधानको लागी रेमिटेन्सको नियमन गर्नुपर्ने र बैंकीङ प्रक्रीया मार्फत मात्रै आउने ब्यवस्था मिलाउनुपर्ने शाहको धारणा छ । यसका लागी रेमिटेन्स पठाउनेहरुलाई अतिरिक्त सुविधा दिनुपर्नेमा पनि उनले जोर दिएका छन । अनावश्यक वस्तुहरुको आयात प्रतिबन्ध र राजश्वमा कडाई गर्दा पनि आर्थिक तरलता अभाव समाधानमा टेवा पुग्ने उनको विश्वास छ । 

सरकारले जलविद्युत उत्पादनमा गम्भीरता नदेखाएको आरोप लगाउँदै उनले लामो समयदेखि पिपिए रोकेर राखेको उल्लेख गरे । नेपालको विकाशमा जलविद्युत कोसेढुङ्गा सावित हुनसक्ने भनाई राख्दै शाहले यसका लागी सरकारले स्वदेशी लगानीकर्ताहरुलाई प्रोत्साहीत गर्नुका साथै विदेशी लगानीकर्ताहरुका लागी वातावरण बनाउनुपर्ने आवश्यक्ता औँल्याए ।

शिक्षाका लागी ठुलो परिमाणमा पैसा देश बाहीर गईरहेको बताउदै उनले सरकारको मुलुकका निजी शैक्षीक संस्थाप्रतिको दृष्टीकोणमा परिर्वतन आउनुपर्ने भनाई व्यक्त गरे ।

पछिल्लो समय शेयर बजार खस्कनुमा थोरै मान्छेको प्रभावमा धेरै पूँजी रहनु जीम्मेवार रहेको बताएका शाहले यसका अन्य कारण पनि रहेकाले सरकारले खोजबिन गरेर समाधानका उपाय पहल्याउनुपर्ने धारणा राखे । 

उनीसँगकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको