Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व गर्भनर नेपाल भन्छन्, "अर्थमन्त्री र गर्भनर सार्वजनिकरुपमै चर्काचर्की गर्नु गलत"

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, १५ : ५३ मा प्रकाशित

पूर्व गर्भनर नेपाल भन्छन्, "अर्थमन्त्री र गर्भनर सार्वजनिकरुपमै चर्काचर्की गर्नु गलत"

नेपाल राष्ट्र बैंकले आयोजना गरेको अर्थ र वित्त सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिच चर्काचर्की परेको छ । गभर्नर अधिकारीले बाह्य जोखिम कायम रहेको आयात नघटेकाले अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने खतरा देखाएका थिए । आयात बढ्दै जाने तथा सो अनुसारको विदेशी मुद्रा आर्जन नभएमा श्रीलंकाको बाटोमा हामी जाने उनको भनाई थियो । 

तर गर्भनरको यो भनाई प्रति अस्नतुष्ट अर्थमन्त्रीले अर्थतन्त्रमा समस्या भएपनि श्रिलंकाको अवस्था नरहेको बताए । साथै उनले श्रिलंकाको अवस्थालाई देखाएर निराशा नबढाउन गर्भनरलाई चेतावनी दिए । 

अर्थमन्त्री र गभर्नर बिच सार्वजनिक कार्यक्रममै चर्काचर्की, आरोप प्रत्यारोपमै किन उत्रिए?

अर्थमन्त्री शर्माले राष्ट्र बैंकले मन्त्रालयमा पठाएको सुझाव मिडियामा चुहाएकोमा समेत असन्तुष्टी जनाएका छन । उनले राष्ट्र बैंक नियमनकारी निकायमात्र नभएको भन्दै अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्ने संस्था पनि भएकोले त्यसमा जिम्मेवार नभएकोमा असन्तुष्टी व्यक्त गरे ।

यसरी सार्वजनीक रुपमा भएको आरोप प्रत्यारोप पछि अर्थमन्त्री र गर्भनरका बिचमा अर्थतन्त्रका यावत विषयलाई लिएर रहेको मतभिन्नता छताछुल्ल भएको छ । आर्थिक क्षेत्रका विज्ञहरुले भने यो घटना प्रति चिन्ता व्यक्त गरेका छन् । 

राष्ट्र बैंकका पूर्व गर्भनर चिरञ्जीवी नेपालले अर्थमन्त्री र गर्भनरबीच सबै विषयमा सहमती नै हुनुपर्छ भन्ने नभएपनि त्यसलाई सार्वजनिक गर्न नहुने बताए । अर्थतन्त्र नकारात्मक रहेको अवस्थामा हुने यसखालका घटनाले थप क्षती पुर्याउने उनको भनाई छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको