Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकको आर्थिक अवस्थाका बारेमा धारणा सार्वजनिक गर्दै नेकपा एमाले

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १० : १४ मा प्रकाशित

मुलुकको आर्थिक अवस्थाका बारेमा धारणा सार्वजनिक गर्दै नेकपा एमाले

नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा पत्रकार सम्मेलन बोलाएको छ । 

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीले आज दिउँसो १२ः३० बजे बजे कुपण्डोल स्थित होटेल हिमालयनमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

शनिबार काठमाडौं आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई सरकारले अस्वाभाविक ढंगले निलम्बन गरेको आरोप लगाएका हुन् । उनले गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इसारामा समिति गठन गरिएको आरोप लगाए ।

सरकारले गभर्नर निलम्बन गर्नु गलत भएको टिप्पणी ओलीको छ । उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको प्रतिक्रिया दिएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको