Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल व्यवस्थापन संघको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १३ : ११ मा प्रकाशित

नेपाल व्यवस्थापन संघको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित

म्यानको नयाँ अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल निर्वाचित भएका छन् । व्यक्तिगततर्फ सबैभन्दा बढी ३६४ मत ल्याएर पौड्याल अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिबार सम्पन्न निर्वाचनबाट व्यक्तिगत तर्फ कार्यसमिति सदस्यमा बिजयी हुनेहरूमा म्यानका सदस्य मोहन राज ओझा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेल, राष्ट्रिय बाणिज्य बैंकका तत्कालीन सीईओ कृष्ण पर्साद शर्मा, नबिल बैंककी स्वतन्त्र संचालक आशा राना अधिकारि, व्यवसायी अश्मी राना, मिलन गुरुङ, इन्द्र कुमार श्रेष्ठ, मनिष झा, अनु जोशी (श्रेष्ठ), हेम कुमारी अधिकारी रहेका छन् ।

कार्यसमितिमा व्यक्तिगत सदस्यबाट ११ जना र संस्थागत सदस्यबाट ६ जना निर्वाचित हुने प्रावधान रहेको छ। उता संस्थापक तर्फबाट कार्यसमिति सदस्यमा विजयी हुनेहरूमा  नबिल बैंकबाट मनोज ज्ञवाली, कर्मचारी संचय कोषबाट जितेन्द्र धिताल, शिवम सिमेंट्सबाट सुरेन्द्र कुमार गोयल, सनराइज बैंकबाट सीईओ सुमन शर्मा, राष्ट्रिय बाणिज्य बैंकबाट कविराज अधिकारी, नेपाल बैंक लिमिटेडबाट कृष्णबहादुर अधिकारी निर्वाचित भएका छन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको