Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १६ असार २०८३, १० : ३५ मा प्रकाशित

एशियन लाइफको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एशियन लाइफ इन्स्यारेन्स कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २८ हजार १०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो ।

सेयर किन्न इच्छुक सेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको