Like us!
Follow us!
Connect us!
Watch us!

साउद फिल्म ‘आरआरआर’ ले कमायो १ हजार करोड

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १५ : २५ मा प्रकाशित

साउद फिल्म ‘आरआरआर’ ले कमायो १ हजार करोड

प्रदर्शनको पहिलो दिनबाटै आक्रामक व्यापार गरिरहेको फिल्म ‘आरआरआर’ले १८औं दिनसम्मको प्रर्दशनबाट १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ । गत २४ मार्च देखि प्रदर्शनमा आएको फिल्मले आइतबारसम्मको कमाईबाट १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको हो ।

आरआरले विश्वव्यापी रुपमा भएको प्रदर्शनमार्फत यो आम्दानी गरेका भारतीय बक्सअफिस विश्लेषकले जनाएका छन । योसँगै फिल्म हजार करोड क्लबमा प्रवेश गरेको छ । फिल्मको निर्माण पक्षले हजार करोड आम्दानी भएपछिको आधिकारिक पोस्टर पनि सार्वजनिक गरेको छ ।

एसएस राजमौलीको निर्देशनमा बनेको यो फिल्ममा जुनियर एनटिआर, राम चरण, अजय देवगणका साथै आलिया भट्टको अभिनय रहेको छ । साथै फिल्ममा श्रीया सरन, समुथिराकनी, एलिसन डुडी, ओलिभिया मोर्रिस लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ । 

केभि विजयेन्द्र प्रसादको कथामा आधारित यो दक्षिण भारतीय फिल्मले भारतीय स्वतन्त्रताका लागि अंग्रेजसँग युद्ध गरेका दुई क्रान्तिकारीहरुको कथा देखाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको