बेलायतको नागरिकता तथा आवाससम्बन्धी परामर्शदाता कम्पनी हेन्ली एन्ड पार्टनर्सले सार्वजनिक गरेको विश्वभरका राहदानी सम्बन्धी एउटा सूचकांकले नेपालको यस्तो स्थीति देखाएको हो । हेन्ली एन्ड पार्टनर्सका अनुसार नेपाली राहदानी सूचीको सबैभन्दा पुछारमा सातौं स्थानमा छ ।
११२ देश तथा क्षेत्र सूचीकृत यो सूचीमा नेपाल १०६ औं स्थानमा छ । उक्त स्थानमा नेपालसँग प्यालेष्टाइन भू–भाग पनि रहेको छ । नेपालको राहदानीलाई विश्वको ३७ देशमा अनअराइभल भिसा छ ।
अर्थात् नेपाली राहदानी बोक्नेहरुले ३७ देशमा मात्रै बिना भिसा यात्रा गर्न सक्छन् । यस मामिलामा नेपाल उत्तर कोरियाभन्दा पनि कमजोर छ । सूचीमा नेपालभन्दा ठिक माथि रहेको उत्तर कोरियाली राहदानीलाई ३९ देशमा त्यस्तो सुविधा छ ।
नेपालभन्दा तल १०७ औंदेखि ११२ स्थानमा क्रमशः सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छ । यस वर्ष पनि जापानी राहदानी विश्वको सबैभन्दा बलियो राहदानी हो । जापानी राहदानीलाई १९२ देशमा भिसा बिनै पनि प्रवेशको अनुमति छ । शीर्ष स्थानमा जापानसँगै सिंगापुर पनि रहेको छ । सूचीको दोस्रो स्थानमा दक्षिण कोरिया र जर्मनी छन् । यी दुबै देशको राहदानीलाई १९० देशमा अन–अराइभल भिसा दिइन्छन् । भारत सूचिको ८४ औं स्थानमा छ भने चीन ६६ औं स्थानमा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस