Like us!
Follow us!
Connect us!
Watch us!

तीन महिनामै ३७ प्रतिशतले घट्यो श्रीलंकाको सेयर बजार !

धिरज पौड्याल

सोमबार, २८ चैत्र २०७८, १५ : ०७ मा प्रकाशित

तीन महिनामै ३७ प्रतिशतले घट्यो श्रीलंकाको सेयर बजार !

विगत ३ महिनादेखि श्रीलंकाको सेयरबजार निरन्तर रूपमा घटिरहेको छ । २०२२ जनवरी १९ मा १३४६२.३९ अङ्कका साथ नयाँ उचाई कायम गरेको श्रीलंकाको कोलम्बो स्टक एक्सचेन्ज आजसम्म आइपुग्दा ३७.६६% को गिरावटका साथ ८२७९.२४ अंकमा आएको छ।

अहिले श्रीलंकाको आर्थिक मन्दी र संकटको बारेमा विश्वभर अध्ययन भइरहेको छ । कोभिडको महामारीले ग्रसित परेको अर्थतन्त्र सुधारको चरणमा रहेको थियो तर विगत केही महिना अगाडिदेखि श्रीलंकाको आर्थिक सूचक क्रमिक रूपमा बिग्रिँदै गएको छ।

श्रीलंकाले आर्थिक संकट र स्वास्थ्य संकट पनि घोषणा गरीसकेको थियाे भने वैदेशिक मुद्रा सञ्चिति थोरै मात्रामा रहेको कारण अत्यावश्यक वस्तुहरू समेत आयात गर्न समस्या आईरहेको छ भने श्रीलंकाको मुद्रा र अमेरिकन डलरको विनिमय दर स्थायीत्व रहेको बेला मार्च महिनाको सुरुवात नै श्रीलंकाको पैसाको भ्यालुमा गिरावट आएको छ र २०० को हाराहारीमा विनिमय भइरहेको मुद्रा अहिले १ अमेरिकन डलर बराबर ३१० मा विनिमय भईरहेको छ। 

श्रीलंकाको अर्थतन्त्र केही वर्ष अगाडि निकै स्टेवल रहेको थियो तर स्रोत साधन को उचित व्यवस्थापन, दिर्घकालिन योजनाको अभाव, अत्यधिक वैदेशिक ऋण तथा आन्तरिक उत्पादनमा कमी जस्ता क्रियाकलापको कारणले छोटो समयमा नै वैदेशिक सञ्चितिमा छोटो समयमा कमी आयो कसले आर्थिक मन्दीको दिशामा श्रीलंकालाई डोहोरायो।

आर्थिक मन्दीका कारण अहिले श्रीलंकामा अन्य क्षेत्रमा लगानीको अवसर नभई श्रीलंकाबासीहरुले सेयरबजारमा लगानी गरेको र सेयर बजारले नयाँ उचाई लिएको भन्ने कुरा आईरहेको छ जुन कुरा गलत हो। श्रीलंकाको अर्थतन्त्रमा गिरावट सँगसँगै सेयरबजार पनि सोही बाटोमा हिँडिरहेको तथ्याङ्कमा देखिएको छ। सेयरबजारमा केही मात्रामा कहिले कहीं वृद्धि देखिएपनि सेयरबजारमा निरन्तर गिरावट आएको छ। २०२१ को जनवरीमा ७ हजार अंकको हाराहारीमा रहेको सेयरबजार २०२२ को जनवरी सम्म आइपुदा करेक्सनका साथ सेयरबजारले प्रत्येक महिना नयाँ उचाई कायम गरिरहेको थियो र जनवरी १९ २०२२ मा श्रीलंका सेयरबजारको एतिहासिक दिन पनि रह्यो उक्त दिन सेयरबजार १३४६२.३९ अङ्कका साथ सर्वाधिक कारोबार भएको थियो तर त्यसपछि केही दिनमानै सेयरबजारमा गिरावट आउन थाल्यो र आज सम्म आइपुग्दा करिब ३ महिनामै ५ हजार अंकको गिरबटका साथ सेयरबजार ८१३५.२५ अंकमा आएको छ। यो श्रीलंकाको सेयरबजारको इतिहासको सबैभन्दा ठूलो गिरावट हो। 

श्रीलंकाको सेयरबजारमा उतारचढाव निकै नै रहेको देख्न सकिन्छ। सन् २००८ मा २५०० अंकको हाराहारीमा रहेको सेयरबजार २००९ मा गिरावट आएर १८०० अंकको हाराहारीमा रहेको थियो। सेयरबजार निकै छोटो समयमा आएको गिरावटलाई कस्दै सन् २०११ मा ५ हजार अंक बराबरको वृद्धिका साथ ७५०० अंकको हाराहारीमा आएको थियो। २०१२ को मध्यसम्ममा सेयरबजार ५५००अंकको हाराहारीमा रहेको थियो भने २०१५ सम्म पुनः ७५००अंकको हाराहारीमा आएको थियो भने २०१६ मा सेयरबजार ६ हजार अंकको हाराहारीमा रहेको थियो। २०१६ देखि २०१९ सम्म सेयरबजारमा साइडवे ट्रेन्ड देखिएको थियो र बजार ६ हजार अंकको हाराहारीमा तलमाथि गरिरहेको थियो र २०२१ को सुरुवातमा सेयरबजारमा वृद्धी आई ८८०० अंकको हाराहारीमा आएको थियो। २०२१ को पहिलो ३ महिनामा सेयरबजारमा गिरावट आई ७ हजार अंकको हाराहारीमा आयो र पुनः सेयरबजार आफ्नो गति लिई २०२२ को सुरुवातमा सर्वाधिक उचाई लियो र अहिले आर्थिक संकटका कारण शेयरबजार संघर्ष गरिरहेको छ। 

प्राप्त तथ्याङ्क अनुसार श्रीलंकाको सेयरबजार इतिहासमा जुन हिसाबले घटेको थियो त्यही हिसाबले फर्केको देख्न सकिन्छ तर अहिले आर्थिक संकटका कारण भविष्य के होला भन्ने प्रश्न प्रश्न नै छ…

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको